दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किलोमिटर कालोपत्रे | Khabarhub Khabarhub

दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किलोमिटर कालोपत्रे


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वेदकोट– कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्रे गर्ने काम सकिएको छ ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्रे निर्माण गर्ने काम पूरा भएको हो ।

निर्माणको काम सुरु भएको सात वर्षको अवधिमा पाँच किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताए। 

उनका अनुसार हालसम्म दैजी–लिप्ना सडकखण्डमा पाँच किलोमिटर कालोपत्रेका साथै नाली, कल्भर्ड र पर्खाल निर्माणको काम सकिएको छ । वर्षेनी बर्खामा पहिरोले सडक भत्किने गरेकोले निर्माणमा ढिलाइ हुने गरेको उनको भनाइ छ । 

‘लिप्नामा पहिराले सडक अवरुद्ध हुने गरेको छ । बनाएको संरचना बर्खामा पहिरोले भत्काउने गरेको छ,’ उनले भने, ‘त्यसैले निर्माणको काममा केही ढिलाई भइरहेको हो ।’

उनका अनुसार हाल पनि निर्माणको काम जारी नै रहेको छ । विसं २०७४ वैशाख ८ मा नागार्जुन कन्स्ट्रक्सनसँग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पटक पटक म्याद थप हुँदा पनि दैजी–लिप्प्ना सडकखण्डको पूर्णता नपाएको हो । 

पछिल्लो पटक विसं २०८२ असार मसान्तसम्म निर्माणको म्याद थप गरिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार रु २१ करोड २६ लाख रुपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो । 

दैजी–लिप्ना कञ्चनपुरको दैजी र डडेलधुराको जोगबूढा जोड्ने सडकको एक खण्ड हो । पूर्णरुपमा कालोपत्रे नभए पनि दैजी–लिप्ना कच्ची सडकमा जोखिम मोलेर  स्थानीय ओहोरदोहोर गर्न बाध्य छन् ।

दैजी–लिप्ना सडकले डडेलधुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकालाई छोटो दूरीमा तराईसँग जोडेको छ ।

 ‘वर्षौ भइसक्दा पनि अहिलेसम्म सडक कालोपत्रे हुन सकेको छैन । कच्ची बाटोबाटै जोखिम मोलेर यात्रा गर्नु परेको छ,’ परशुराम नगरपालिका–९ का दिनेश बोहराले भने, ‘वर्खामा यात्रा नै गर्न सकिँदैन । हामी कालोपत्रे सडक भएर आवातजावत कहिले गर्न पाउँला ?’

उक्त सडकबाटै पर्यटकीयस्थल वेदकोट ताल पनि पुग्न सकिन्छ । पर्यटकीय क्षेत्रसमेत जोड्ने दैजी–लिप्ना खण्ड कालोपत्रे भए आवतजावतमा सहजता थपिने स्थानीयको विश्वास छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १२ : ५३ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य