चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै | Khabarhub Khabarhub

चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिसोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् ।

मंगलबार बेलुका एउटा पार्टीमा भाग लिएर मध्यराति सरकारी निवास फर्किएका प्रधानमन्त्रीको घाँटीमा समस्या देखिएको थियो । घाँटीमा समस्या भएर स्वर भासिएपछि प्रधानमन्त्रीलाई चिकित्सकहरूले आराम गर्न सुझाएका छन् ।

मंगलबार रातिदेखि नै समस्या भएपछि ओलीले बुधबार बालुवाटारमा आराम गरेका थिए । तर भासिएको स्वर नखुलेपछि बिहीबार पनि उनी बालुवाटारमै भेटघाट बन्द गरेर आराम गरिरहेका छन् ।

बिहीबारका लागि तय भएका ओलीका कार्यक्रम सबै रद्ध भएका छन् । बिरामी परेपछि ओली बुधबार सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सव समारोहमा सहभागी भएनन् ।

सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसमामा गृहमन्त्री रमेश लेखक प्रमुख अतिथि भए । काठमाडौं बाहिर रहेका लेखकलाई स्थलमार्गबाट बोलाएर सशस्त्रको कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो ।

प्रधानमन्त्री सहभागी हुने गरी बिहीबारका लागि तय भएका कार्यक्रम पनि रद्ध भएका छन् । ओली बिहीबार बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागी हुन जाने तालिका थिए । तर बिरामी परेका कारण उनी ब्रेक थ्रु कार्यक्रममा जान पाएनन् ।

मंगलबार बेलुका ओलीले सरकारी निवास बालुवाटारमा नेकपा एमालेको सचिवालय बैठक राखेका थिए । त्यस बैठकले पूर्वउपाध्यक्ष वामदेव गौतमसँग सहकार्य गर्दै जाने निर्णय लिएको छ। उक्त बैठकपछि एउटा भोजमा गएका ओली त्यहाँबाट फर्किएपछि बिरामी परेका हुन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १ : ५१ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं