चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै « Khabarhub

चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिसोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् ।

मंगलबार बेलुका एउटा पार्टीमा भाग लिएर मध्यराति सरकारी निवास फर्किएका प्रधानमन्त्रीको घाँटीमा समस्या देखिएको थियो । घाँटीमा समस्या भएर स्वर भासिएपछि प्रधानमन्त्रीलाई चिकित्सकहरूले आराम गर्न सुझाएका छन् ।

मंगलबार रातिदेखि नै समस्या भएपछि ओलीले बुधबार बालुवाटारमा आराम गरेका थिए । तर भासिएको स्वर नखुलेपछि बिहीबार पनि उनी बालुवाटारमै भेटघाट बन्द गरेर आराम गरिरहेका छन् ।

बिहीबारका लागि तय भएका ओलीका कार्यक्रम सबै रद्ध भएका छन् । बिरामी परेपछि ओली बुधबार सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सव समारोहमा सहभागी भएनन् ।

सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसमामा गृहमन्त्री रमेश लेखक प्रमुख अतिथि भए । काठमाडौं बाहिर रहेका लेखकलाई स्थलमार्गबाट बोलाएर सशस्त्रको कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो ।

प्रधानमन्त्री सहभागी हुने गरी बिहीबारका लागि तय भएका कार्यक्रम पनि रद्ध भएका छन् । ओली बिहीबार बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागी हुन जाने तालिका थिए । तर बिरामी परेका कारण उनी ब्रेक थ्रु कार्यक्रममा जान पाएनन् ।

मंगलबार बेलुका ओलीले सरकारी निवास बालुवाटारमा नेकपा एमालेको सचिवालय बैठक राखेका थिए । त्यस बैठकले पूर्वउपाध्यक्ष वामदेव गौतमसँग सहकार्य गर्दै जाने निर्णय लिएको छ। उक्त बैठकपछि एउटा भोजमा गएका ओली त्यहाँबाट फर्किएपछि बिरामी परेका हुन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १ : ५१ बजे

कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग

रूसमा आणविक अभ्यास सुरु

मस्को- युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा