डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन  « Khabarhub

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।  

संसदीय सूचना, सेवा, अभिलेख, गतिविधि लगायतका काम कारबाहीहरू थप व्यवस्थित, सहज र प्रभावकारी, पारदर्शी र एकीकृत पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।

हाल परीक्षण सञ्चालनको चरणमा रहेका उक्त प्लेटफर्ममको प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शुभारम्भ गरे ।

सो क्रममा सभामुख अर्यालले संसद्का सूचना, विधेयकका अवस्था, क्यालेन्डर, सांसदहरूको उपस्थिति, समिति तथा उपसमितिका विवरणहरूलाई एउटै प्लेटफर्ममा समेट्ने गरी नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याइएको बताए ।

नेपालको संसदीय इतिहासका पुराना ढड्डा तथा दस्तावेजलाई डिजिटलाइज गरी सयौँ वर्षसम्म सुरक्षित राख्ने र अध्ययन–अनुसन्धानका लागि सहज हुने उनको भनाइ छ । 

उनले व्यवस्थापिका मात्र नभई कार्यपालिका, न्यायपालिका तथा तीनै तहका सरकारहरूलाई पारदर्शी, नागरिकमुखी र जनताको विश्वास जगाउने दिशामा अघि बढाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको धारणा राखे ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्, संसदीय समिति र सचिवालयका कामकारबाहीलाई परम्परागत कागजी ढाँचाबाट डिजिटल प्रणालीमा लगेर छिटो, पारदर्शी, प्रभावकारी र जबाफदेही बनाउन सहज हुने विश्वास व्यक्त गरे । उनले  संसद्मा युवा पुस्ताको उपस्थिति बढे पनि अझै कागजी दस्ताबेज पढ्ने पुरानो बानी कायमै रहेकाले सांसद र कर्मचारीहरूका लागि उच्चस्तरीय, व्यावहारिक र सहज अभिमुखीकरण आवश्यक रहेको धारणा राखे । 

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय स्तरको तुलनामा नेपालको प्रारम्भिक अवस्था सामान्य देखिए पनि वस्तुस्थिति र आवश्यकतालाई ध्यानमा राखेर चरणबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १२ : २४ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण