समाज अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

समाज अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

धादिङ– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लोक सांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । 

हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ, उपप्रधानमन्त्री सिंहले भने, त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ । 

उनले भाषा, संस्कृति बिर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कलासँस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म,संस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताए । लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा पनि गरे । 

त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा संङ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए।

आवश्यकता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछौँ । सबै काम एकै पटक हुँदैन ।  नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौँ उनले भने ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ३ : २१ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि