नागढुंगाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ « Khabarhub

नागढुंगाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो दुरीको यात्रुवाहक बस चढेर आएका भारतीय नागरिक लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । ती भारतीयबाट लागूऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन्।  

पक्राउ पर्नेमा भारत उत्तर दिनेशपुरका ३७ वर्षीय गोविन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका-११ का २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका-११ का ३८ वर्षीय विनोद तामाङ रहेका छन्।

उनीहरूलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको टोलीले बिहीबार चन्द्रागिरि नगरपालिका(२ नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरकी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमा कुमारी चन्दका अनुसार उनीहरूको साथबाट १५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ।

चन्दका अनुसार बाला काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.१-०१-००६ख ४७९६ नम्बरको बसमा सवार थिए। बसको ए साइडको १३ नम्बर सिटमा बसेर आएका बालालाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो।

चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि प्रहरीले सोधपुछ गर्दा बालाले महर्जन र तामाङलाई दिन ल्याएको बताएका थिए। ती दुई जनालाई बा५१प ७५५८ नम्बरको मोटरसाइकलमा लागूऔषध जिम्मा लिन बसेको अवस्थामा फेला पारिएको चन्दले बताइन्।

पक्राउ परेकाहरूलाई वृत्त थानकोटमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ४८ बजे

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा