स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ « Khabarhub

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालका स्थानीयले आफ्नो खेतमा पोल गाडेर विद्युत्को लाइन तान्ने हो भने आफूहरुलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै अवरोध गर्दा कालिकोट, जुम्ला र मुगुमा विस्तार गर्न लागिएको विद्युत् विस्तारमा ढिलाइ भएको छ ।

आफ्नो घर खेत हुँदै विद्युत्को लाइन जाँदा आफूहरुले पनि बिजुली बाल्न पाउनुपर्ने अछाम पञ्चदेवल नगरापालिका–४ टोट्केसालका स्थानीय जनकबहादुर शाहीले बताए। “हाम्रो गाउँबाट विद्युत्को लाइन विस्तार हुँदा गाउँलेले सेवा पाउनुपर्ने हाम्रो माग रहेको छ”, उनले भने, “हामीले अवरोध गर्नेभन्दा हाम्रो माग पूरा गर्नुहोस् प्रसारण लाइन विस्तार गर्नुहोस भनेका हौँ ।”

स्थानीयले अवरोध गरेपछि प्रसारण लाइन विस्तारमा समस्या भएको विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले बताए । “कमलबजारबाट साइखोलासम्मको नौ किमिमध्ये कर्णाली नदीपारीबाट करिब एक सय मिटर मात्र तार तान्न बाँकी रहेको अवस्थामा स्थानीयले अवरोध गर्नुभएको छ”, उनले भने ।

उनले कोहलपुर–सुर्खेत–दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालिकोट, जुम्ला र मुगुका लागि अछामबाट विद्युत् आयात गर्न खोजिएको बताए।

कर्णालीका तीन जिल्लामा भोल्टेजको समस्या भएकाले गत असार १२ मा कालिकोट वितरण केन्द्रले कमलबजार–साइखोला नौ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी रु एक करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ९ : ३३ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट