तीन प्रदेशको मौसम आंशिक बदली रहने | Khabarhub Khabarhub

तीन प्रदेशको मौसम आंशिक बदली रहने


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ।

दिउँसो कोशी, गण्डकी र कर्णालीको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कोशी र कर्णालीको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : १२ बजे

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा – सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण

आजका समाचार : च्यासलमा ओली-भण्डारी वार्ता, एमाले ‘कुलिङ पिरियड’विरुद्ध जाँदा शेखरको आक्रोश र सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री एवम् नेकपा एमालेका