तीन प्रदेशको मौसम आंशिक बदली रहने « Khabarhub

तीन प्रदेशको मौसम आंशिक बदली रहने


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ।

दिउँसो कोशी, गण्डकी र कर्णालीको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कोशी र कर्णालीको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : १२ बजे

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर

काठमाडौँ – रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय