प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गरे पाल्पाको गाउँपालिका भवन « Khabarhub

प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गरे पाल्पाको गाउँपालिका भवन


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत मंगलबार रातिदेखि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पनि बालुवाटारबाट बाहिर निस्किएनन् ।

शुक्रबार सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रुसहितका कार्यक्रममा जाने भनेर सचिवालयले तालिका निकाले पनि ओली बालुवाटारमै रहेका छन्

बालुवाटारमै आराम गरिरहेका उनी शुक्रबार भर्चुअल्ली पालपास्थित बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटनमा सहभागी भए ।

प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण बालुवाटारबाट सम्बोधनसहित सहभागी भए ।

प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको बताए ।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझै राम्रो गरी सेवा पाएर जनताले नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे ।

उनले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यो छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गरे ।

उनले सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने पनि बताए ।

उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत पाल्पामा थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : ३४ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा