बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय « Khabarhub

बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ । 

चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचारका लागि आउने बिरामीलाई अटुट सेवा दिनुपर्ने आवश्यकता भएपछि शनिबारलगायत अन्य बिदाको दिन पनि सेवा दिने कार्य गरेको जानकारी दिए । 

उनले भने, ‘कुनै बिरामीको लगातार उपचार गर्नुपर्ने हुन्छ, बिरामीलाई उपचारका क्रममा बीचमा कुनै दिन ‘ग्याब’ राखेर उपचार गर्ने गरेमा बिरामीको घाउ पाक्ने तथा समस्या देखिने भई बिरामीलाई असहज महसुस हुने तथा उपचार पद्धतिमा कठिनाइ हुने हुन्छ, जसका कारण बिदाको दिन पनि सेवा दिने गरिएको हो ।’

त्यस्तै बिरामीहरू टाढा टाढाबाट आउने र बिदा भएपछि घर फर्कनुपर्ने बाध्यतालाई दृष्टिगत गरी बिदामा पनि सेवा दिँदै आएको उनले बताए । 

प्रादेशिक आयुर्वेद चिकित्सालयमा हाल होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स–रे, पूर्वकर्म, पञ्चकर्म, सिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुला लगायतको उपचार सेवा रहेको डा ठाकुरले बताए  । सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा पछाडि रहेको उनको भनाइ छ । 

‘मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसका लागि सुरुआत चिकित्सालय नै हो’, डा ठाकुरले भने । 

उनले शनिबारलगायत बीचमा कुनै पनि बिदा परेमा बिदाको दिन पनि चिकित्सालयमा आएर सेवा लिन सर्वसाधारणलाई अनुरोध गरेका छन् । 

सुदूरपश्चिम प्रदेशमा हाल एक प्रादेशिक आयुर्वेद चिकित्सालय, सात जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ४२ आयुर्वेद औषधालय र ३३ नागरिक आरोग्य सेवा केन्द्र रहेको बताइएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : ३० बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा