स्ववियु कप २०८१ को उपाधि नेपाल कमर्स क्याम्पसलाई    « Khabarhub

स्ववियु कप २०८१ को उपाधि नेपाल कमर्स क्याम्पसलाई   


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको स्ववियु परिचालन विभागले राजधानीमा भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

आज सम्पन्न भएको फाइनल  खेलमा नेपाल कमर्स क्याम्पस मिनभवनेले बानेश्वर क्याम्पसलाई ३-१ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको हो । सो प्रतियोगितामा तेस्रो स्थान सिटिईभिटीले  जितेको  थियो ।

उक्त प्रतियोगितामा नेपाल कमर्स क्याम्पसका टिम क्य़ापेटन भुपेन गुरुङ्ग बेस्ट प्लेयर घोषित भएका थिए । 

३ दिन सम्म चलेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको  र प्रतियोगिता सौहार्दपूर्ण रूपमा सम्पन्न भएको स्ववियु परिचालन विभाग प्रमुख शोभा सापकोटा थापाले जानकारी दिइन ।  

सो प्रतियोगिता प्रथम हुने टिमले रु १ लाख ५० हजार नगदसहित प्रमाणपत्र र ट्रफ्री, दोस्रो हुनेले १ लाख नगद सहित प्रमाणपत्र र ट्रफ्री  र तेस्रो  हुनेले ५० हजार सहित प्रमाणपत्र र ट्रफ्री उचालेका छन् ।  

उक्त प्रतियोगिताको विजेतालाई प्रमाणपत्र , ट्रफी  तथा नगद  एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले वितरण गरेका थिए ।   पुरस्कार समारोहमा अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले संक्षिप्त सम्बोधन समेत गरेका थिए । 

‘गिरीले आसन्न स्ववियु निर्वाचन चैत ५  गते  तोकिएको छ, उक्त मितिमा जसरी पनि निर्वाचन गर्न सम्बन्धित निकायलाई खबरदारी,  अन्य विद्यार्थी संगठनलाई निर्वाचनको माहौल सिर्जना गराउनको लागि आह्वान गर्नुका साथै कार्यकर्ताहरूलाई आआफ्नो कार्यक्षेत्रमा दृढतापूर्वक लाग्न निर्देशन’ समेत दिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : ४४ बजे

एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम

डुप्लेसीको क्याचमा लुम्बिनीका कप्तान रोहित आउट, विराटनगरले लियो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनेले गर्नुपर्छ : मन्त्री कुलमान

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो

एजेन्सी– इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको

‘अभिमन्यु : च्याप्टर १’को बुकिङ खुला

काठमाडौं – आगामी शुक्रबार अर्थात् मंसिर १८ बाट प्रदर्शनमा आउन