सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन « Khabarhub

सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेको छ । टङ्कप्रसाद आचार्य प्रतिष्ठानको घरमा भाडामा प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आगामी सोमबारदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

नगरप्रमुख वासुदेव थापाले पहिलो र दोस्रो कार्यकालमा सबै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहयोगले नगरपालिकाले २ देखि १० सम्मका वडा कार्यालय भवन निर्माण गरेको, १ नं वडाको भवन निर्माणको चरणमा रहेको, नगरपालिकाले आफ्नै भवन निर्माण गरेको, नगर अस्पताल सञ्चालनमा ल्याएको र ठूला सडक, पुललगायत आयोजना सम्पन्न गरेको जानकारी दिए ।

नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक रु २० करोड ४१ लाख ५२ हजारमा निर्माण सम्पन्न गरेको बताए । हालसम्म नगर कार्यपालिकाले ९९ वटा कानुन बनाइसकेको नगरप्रमुख थापाले बताए ।

उक्त भवन अपाङ्गतामैत्री रहेको र छ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ । नयाँ भवनमा करिब पाँच सय सवारीसाधन अट्ने दुईतलाको पार्किङ रहेको जानकारी दिँदै प्रमुख थापाले नवनिर्मित भवनमा दुईवटा लिफ्ट, तीन सय जना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको बताए । कार्यकक्षका लागि ९२ वटा कक्षका साथै स्तनपान कक्षसमेत रहेको जनाइएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तारानाथ लुइँटेलले भवन निर्माण गर्न सङ्घीय सरकारको रु दुई करोड, जिल्ला समन्वय समितिको रु ७५ लाख र बाँकी रकम नगरपालिकाले आफ्नै स्रोतबाट खर्च गरेको बताए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ०२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज