नख्खु विष्फोटका घाइतेलाई भेटेर गृहमन्त्रीले भने : उपचार सरकारले गर्छ « Khabarhub

नख्खु विष्फोटका घाइतेलाई भेटेर गृहमन्त्रीले भने : उपचार सरकारले गर्छ


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको विष्फोटमा परी घाइते भएको स्वास्थ्य अवस्ठा बुझ्न अस्पताल पुगेका छन् ।

ललितपुरको मेडिसिटी अस्पताल पुगि घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले घाइतेको सरकारले निशुल्क उपचार गरिदिने बताए । उनले दोषीलाई जसरी भएपनि कानुनको कठघरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री थापासँगै नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल पुगेका थिए । विष्फोटको घटनामा परी घाइते भएका प्रतिक्षा खड्का र उरुशा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार करिब साढे आठ बजे नख्खुस्थित एनसेल गेटमा बम विस्फोट भएको थियो ।

विष्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको भने उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १२ : १८ बजे

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित