सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु « Khabarhub

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

खार्तुम – पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

“उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए,” सुडानी डाक्टर नेटवर्कले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसैबीच, स्थानीय गैर–सरकारी समूहले साउदी अस्पतालमा आरएसएफको आक्रमणमा ६८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ । आक्रमणको परिणामस्वरूप अस्पतालको आपतकालीन विभाग पूर्ण रूपमा ध्वस्त भएको छ ।

डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफ आक्रमणको निन्दा गरे । “लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो,” मिनावीले शनिबार सोशल मिडिया प्लेटफर्म एक्समा उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार, सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वको चपेटामा छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : ३८ बजे

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)

ट्रम्पको कर चेतावनीले दक्षिण कोरिया चिन्तित

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स