बालयौन दुरुपयोग मुद्दामा मदन राई दोषी ठहर, सजाय निर्धारण हुन बाँकी « Khabarhub

बालयौन दुरुपयोग मुद्दामा मदन राई दोषी ठहर, सजाय निर्धारण हुन बाँकी


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको हो ।

परिवर्तित नाम बृत्त नयाँ बानेश्वरको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले मुद्दा अघि बढाएका राईलाई पुर्पक्षका क्रममा धरौटीमा छाडिएको थियो ।

फाउन्डेसनमै राखिएका बालिकाहरूलाई बाल यौनदुरुपयोग गरेको कसुरमा राईलाई २०८० वैशाख २९ गते पक्राउ गरिएको थियो । त्यसपछि थुनछेकका क्रममा राई २०८० जेठ २२ गते धरौटीमा रिहा भएका थिए ।

त्यसबेला जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर मुद्दाको अन्तिम छिनोफानोका क्रममा राई दोषी ठहर भएका हुन् ।

न्यायाधीश दाहालको इजालसले दोषी ठहर गरेका राईको कसुर ठहर र सजाय निर्धारणको लागि पेश गर्न पनि आदेश दिएका छन् ।

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले राईलाई प्रहरीले २०८० वैशाख २९ गते नियन्त्रणमा लिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा फाउण्डेशनबाटै राई प्रक्राउ परेपछि उनका समर्थकले विरोध प्रदर्शनसमेत गरेका थिए ।

पक्राउपछि राईमाथि एक जना पीडितले बालयौन दुरुपयोगसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरी दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको थियो ।

कुटोकोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयको संरक्षक राईले आफूहरूको संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्नेलगायत आरोपसहित पीडित पक्षले उजुरी दिएको थियो ।

राईलाई प्रहरीले पक्राउ गरेपछि पीडित भनिएका अन्य किशोरीले पनि जाहेरी दिएका थिए । फाउन्डेशनमा राखिएका अरु किशोरीहरूको जाहेरी परेर अनुसन्धान र बयानका क्रममा राईले यौन दुरुपयोग गरेको पुष्टि भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १२ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै