‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’ | Khabarhub Khabarhub

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत सुरक्षामा ध्यान दिने बताएकी छन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको ‘पत्रकारितामा महिलाको सवाल र महासङ्घको भूमिका’ विषयक अन्तरक्रियामा अध्यक्ष शर्माले पत्रकारितामा आर्थिक चुनौती देखिएकाले व्यावसायिक सुरक्षामा ध्यान दिन जरुरी भएको बताएकी हुन् ।

“पत्रकारको पेसागत सुरक्षाका लागि सूचना प्रविधिको प्रयोग जरुरी छ,” अध्यक्ष शर्माले भनिन्, “अबको पत्रकारिता अधिकतम प्रविधिमैत्री गर्न क्षमता विकासको तालिम पनि जरुरी छ, त्यसका लागि महासङ्घले योजना बनाएर काम गर्नेछ ।”

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा लैजाने र पत्रकार महिलाले सञ्चालन गरेका साना–स्वरोजगारमूलक मिडियालाई दिगो रुपमा सञ्चालन गर्न सकिने उपायका बारेमा छलफल गर्ने उनले बताइन् ।

पत्रकार महासङ्घको इतिहासमा सम्पूर्ण पत्रकार महिलाको जित भएको र महासङ्घलाई चुस्तदुरुस्त राख्न निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष शर्माले सहयोगका लागि अपिलसमेत गरिन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : २९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित