तराईका धेरै स्थानमा बाक्लो हुस्सु र शीतलहर | Khabarhub Khabarhub

तराईका धेरै स्थानमा बाक्लो हुस्सु र शीतलहर


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। तराईका केही स्थानमा शीतलहर चलिरहेको छ ।

आज दिउँसो दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका तराई तथा उपत्यकाका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : ०९ बजे

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

पर्वत– उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि उत्पन्न जटिल

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ ।

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा