छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण « Khabarhub

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको मोहन्याल गाउँपालिका– ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो ।

आइतबार राति करिब साढे १० बजेको समयमा सरस्वतीलाई बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाइ छ ।

सरस्वतीलाई उपचारका लागि लम्की लगिएको छ । उनको अवस्था भने खतरामुक्त  रहेको बताइएको छ ।

कैलालीका विभिन्न क्षेत्रमा अझै छाउको समयमा गोठमा बस्ने चलन कायमै छ। छाउगोठमुक्त, वडा, पालिका घोषणा गरिए पनि गोठमा बस्ने चलन हटेको छैन।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : १५ बजे

इजरायलमा रोजगारी खुल्ने विषय अन्योलमा पर्दा प्रक्रिया पूरा गरेका युवा आन्दोलित

काठमाडौं– इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले

फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा

एजेन्सी– विश्व व्यापी सुमुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्