देउवालाई बजगाईँको जवाफ : कांग्रेसमा डन्डा चल्दैन, सांसदहरू बोल्न स्वतन्त्र छन् | Khabarhub Khabarhub

देउवालाई बजगाईँको जवाफ : कांग्रेसमा डन्डा चल्दैन, सांसदहरू बोल्न स्वतन्त्र छन्


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संसदीय दलको नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार संसद् अधिवेशनमा प्रस्तुत हुन नसकिने आशय प्रकट गरेका छन् । 

माघ १८ गतेबाट सुरु हुन लागेको संसद् अधिवेशनबारे संसदीय दलको बैठक जारी रहेका बेला गोरखा–१ बाट निर्वाचित सांसद बजगाईँले सभापति देउवाको निर्देशनअनुसार अधिवेशनमा प्रस्तुत हुन नसकिने आशय व्यक्त गरेका हुन् ।

उनले कांग्रेसमा डन्डा नचल्ने जिकिर गर्दै ‘कांग्रेसभित्र रहेका केही कुरा छन् भने दलकै बैठकमा प्रस्तुत गर्ने, संसद्मा एक ढिक्का भएर प्रस्तुत हुने’ निर्णय सार्वभौम सांसदलाई स्वीकार नहुने बताएका छन् । 

‘कांग्रेसमा डण्डा चल्दैन । ‘के छ भन्ने भित्रै भन्नुपर्छ’ भन्ने विचार सार्वभौम सांसदलाई स्वीकार हुँदैन, त्यो कांग्रेसलाई सुहाउँदैन,’ सांसद बजगाईँले एक्स (ट्विटर)मा लेखेका छन्, ‘लडाई विस्तृत हुन्छ, लामो हुन्छ र जित्छौँ ।’

सिंहदरबारस्थित दलको कार्यालयमा शनिबार बसेको कांग्रेस पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक–सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले संसद् र संसद् बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय बैठकले गरेको थियो । 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार उक्त बैठकले कांग्रेसभित्र रहेका केही कुरा भए दलकै बैठकमा प्रस्तुत गर्ने र एक ढिक्का भएर संसद् भित्र र बाहिर प्रस्तुत हुँदा एक भएर प्रस्तुत हुने निर्णय गरेको थियो । 

सरकारले संसद् बैठक छलेर ल्याएका अध्यादेशबारे पार्टीभित्र देखिएको असन्तुष्टि मत्थर गर्ने उद्देश्यले कांग्रेसले यस्तो निर्णय गरेको हो । सोही निर्णयका प्रति आपत्ति जनाउँदै सांसद बजगाईँको पछिल्लो प्रतिक्रिया आएको हो । 

शनिबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक–सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले गरेको निर्णयअनुसार कांग्रेसले आइतबारदेखि संसदीय दलको बैठक राखेर छलफल गरिरहेको छ ।

अध्यादेशको अप्ठ्यारो बुझ्न कांग्रेसले गर्‍यो कानुनविद्सँग परामर्श

संसदभित्र र बाहिर एक ढिक्का भएर प्रस्तुत हुने कांग्रेसको निर्णय

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ४ : ४७ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय