एन्फा महिला लिग फुटबलः आर्मीलाई हराउँदै पुलिस फाइनमा | Khabarhub Khabarhub

एन्फा महिला लिग फुटबलः आर्मीलाई हराउँदै पुलिस फाइनमा


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायर खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा खेल सकियपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलिएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल टाइब्रेकरमा पुगेको हो ।

पुलिसको जितमा गोलकिपर उषा नाथ नायक बनिन् । उनले आर्मीको तीन पेनाल्टी प्रहार रोक्दा एक गोल गरिन् ।

टाइब्रेकरमा पुलिसका लागि गोलकिपर उषा नाथ र बिर्सना चौधरीले गोल गर्दै टिमलाई जित दिलाए । सम्झना लावती, समीक्षा घिमिरे र निरू थापाको प्रहारलाई आर्मीकी किपर अञ्जना रानामगरले बचाइन् ।

आर्मीका लागि अञ्जनाले मात्र गोल गरिन् । चन्द्रा भण्डारी, अनिता लम्जेल र विमला विकेको प्रहारलाई किपर उषाले रोकिन् । विमला चौधरीको प्रहार भने बाहिरिएको थियो । यससँगै पुलिसले एपिएफ क्लबसँग यही माघ १६ गते उपाधिका लागि खेल्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : २८ बजे

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट