वैदेशिक रोजगारीमा रहेकालाई क्रेस्ट माइक्रो लाइफको आईपीओ निष्काशन « Khabarhub

वैदेशिक रोजगारीमा रहेकालाई क्रेस्ट माइक्रो लाइफको आईपीओ निष्काशन


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सको आईपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

यो आईपीओमा एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरेको थियो । २०८० साल जेठ ८ मा नेपाल बिमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृति प्राप्त गरेको  थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० साल जेठ १० मा कारोबारको स्वीकृति प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरूपमा स्थापना भएको हो । 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १० : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै