एसिया कप क्रिकेटमा नेपालको दोस्रो हार, सेमिफाइनल सम्भावना समाप्त « Khabarhub

एसिया कप क्रिकेटमा नेपालको दोस्रो हार, सेमिफाइनल सम्भावना समाप्त


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । कोलम्बोमा आज भएको खेलमा बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । अब नेपालले अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।

कप्तान अक्बर अलीले विस्फोटक ब्याटिङ गरेपछि बंगलादेशले चुनौतिपूर्ण लक्ष्य पनि पूरा गर्न सफल भयो । अलीले नट आउट रहँदै ९८ रन जोडे भने तोहिद हृदयले ६० रनको योगदान गरे । यस्तै शमिम होसैनले नट आउट ४२ रन बनाउँदा महमुदुल हसन जोयले ४० रन जोडे । नेपालका कमल सिंह ऐरीले २ विकेट लिए भने रशिद खान र हरि चौहानले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले ।

पवनले १ सय ९ बलमा ८ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए । यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए । त्यस्तै भिम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन बनाए ।

बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २–२ विकेट लिए । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : २७ बजे

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै

‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’

एजेन्सी– पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड

काठमाडौं– विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा