मध्यपश्चिमलाई जय नेपाल कपको उपाधि « Khabarhub

मध्यपश्चिमलाई जय नेपाल कपको उपाधि


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्यपश्चिम विश्व विद्यालयले जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा मध्यपश्चिमले लखनउ विश्वविद्यालयलाई ५८ रनले हराएको हो।

मध्य पश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ११७ रनमा सीमित भयो।

लखनउका मनन कन्डपालले ५७ बलमा ५८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

मध्यपश्चिमका दिवन पुनले ४ ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। विपिन खत्रीले कुनै विकेट नलिए पनि ४ ओभरमा १० रन मात्र दिएर कसिलो बलिङ गरे।

यसअघि सुरुमा ब्याटिङ गरेको मध्यपश्चिमले ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।

प्रतियोगितामा विपिन कार्की उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट बलरको उपाधिसमेत कार्कीले पाए। लोकेश बम उत्कृष्ट ब्याट्सम्यान चुनिए।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ५९ बजे

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ– भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर

७८ वर्षमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन्, ‘अब ढुक्कले मर्छु’

सिरहा– अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा