प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण « Khabarhub

प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवसका अवसरमा उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उनीहरूको शालिकमा पुष्पहार अर्पण गरेका हुन्।

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ । विसं २००७ पछि हरेक वर्षे माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ ।

सो क्रममा उपप्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख, काठमाडौँ महानगरपालिकाका उपप्रमुखलगायले सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे। 

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिंहदरबार परिसरमा आजै सहिद दिवस विशेष समारोह आयोजना गरिनेछ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १२ : २९ बजे

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौं- विभिन्न पाँचभन्दा धेरै सहकारीको अर्बौँ रुपैयाँ अपचलनपछि फरार राष्ट्रिय

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित

प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउने बाचा गरेको रास्वापले मिति भने तोक्न सकेन

काठमाडौं- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय

उखु किसानको भुक्तानी माग्दै अमरेशले भने- रोपाइँ सुरू हुन लाग्यो, मल चाहियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु