स्टन्टबाजीले देश चल्दैन, इमान्दारीता जरुरी छ : प्रधानमन्त्री « Khabarhub

स्टन्टबाजीले देश चल्दैन, इमान्दारीता जरुरी छ : प्रधानमन्त्री


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन्।

नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारीताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने  बताएका हुन् ।

उनले राजनीतिक दलहरूको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सांसदहरूले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानून बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले भने ‘देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरू कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतम्भन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए ।

उनले सरकार कानुन व्यवसाय र युवाहरूको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका लागि सरकार सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाए ।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १२ : ५३ बजे

प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे

काठमाडौं– मतगणनाको अद्यावधिक विवरणअनुसार एमाले महासचिवमा शंकर पोखरेलको अग्रता बढेको

सचिव पदको लोकप्रिय मतमा महेश र छविलालको प्रतिस्पर्धा

काठमाडौं- एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा भएको मतगणनाको अद्यावधिक विवरणअनुसार

उपमहासचिवमा उम्मेदवारी फिर्ता लिएका गौतमको २६ मत

काठमाडौं– उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिएका राजेन्द्र प्रसाद गौतमले २६

केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी

एमाले महाधिवेशनको प्रारम्भिक नतिजा : सचिवतर्फ पद्मा अर्याललाई बढी मत, अरुको कति ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना जारी रहँदा सचिवतर्फ प्रारम्भिक