केपी ओली कप फुटबल : पहिलो हुनेलाई १५ लाख ११ हजार | Khabarhub Khabarhub

केपी ओली कप फुटबल : पहिलो हुनेलाई १५ लाख ११ हजार


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फाल्गुन ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी दिएको हो ।

प्रतियोगीतामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए।

प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने उनले बताए । फुटबल जगतलाई ऊर्जा दिन निरन्तर केपी ओली कप फुटबल आयोजना गरिरहेको अध्यक्ष थेवेले जानकारी दिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : ०६ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क