अमेरिका पठाइदिने प्रलोभन देखाएर जसले ठगे एक करोड रुपैयाँ « Khabarhub

अमेरिका पठाइदिने प्रलोभन देखाएर जसले ठगे एक करोड रुपैयाँ


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएसँगै गैरकानुनी रुपमा पुगेका आप्रवासीको भागभाग भइरहेको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा पनि १४ लाख अवैध आप्रवासीलाई देशबाट निकाल्ने घोषणा गरिसकेका छन् ।

त्यही घोषणाअनुसार नेपाल, भारत र कोलम्बियासहितका देशका नागरिकहरूलाई धमाधम पक्राउ गर्न थालिएको छ । अवैध रुपमा कागजातबिना बसेकाहरूको दशा सुरु भइरहँदा यता अमेरिका नै पठाउने नाममा भइरहेको ठगी पनि उस्तै छ ।

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै एक करोड भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ निवासी २५ वर्षीय भुवन कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेर हिरासतमा लिएको हो ।

उनले बेरोजगार युवा-युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनले अमेरिका पठाइदिने भन्दै अहिलेसम्म एक करोड रुपैयाँ संकलन गरेको आचार्यले बताएका छन्। आकर्षक तलब-सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की भागेका थिए ।

सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। कार्कीलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको आचार्यले बताए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : ३३ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन