एचपीभी खोप अभियानको सद्भावना दूतमा मनीषा कोइराला « Khabarhub

एचपीभी खोप अभियानको सद्भावना दूतमा मनीषा कोइराला


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावना दूत भएकी छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सद्भावना दूत बनाइएको हो । सद्भावना दूत सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल र अभियन्ता कोइरलाले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा  हस्ताक्षर गरेका छन्  ।

माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरी खोप अभियान सञ्चालन हुनेछ । माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा यो अभियान सुरू हुन लागेको हो । अभियानको सम्पूर्ण तयारी पुरा भएको मन्त्रालयले जनाएको छ । 

नेपालमा औसतमा हरेक दिन छ जना महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुन्छ र चार जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने तथ्यांक छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : ३१ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६