जनमोर्चाले चैत २४ मा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने | Khabarhub Khabarhub

जनमोर्चाले चैत २४ मा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ बाट काठमाडौंमा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ । जनमोर्चाले चैत २४ बाट ३० गतेसम्म काठमाडौंमा संघीयताविरुद्ध एक साता लामो आन्दोलन गर्ने भएको हो । 

जनमोर्चा काठमाडौंको आयोजनमा बुधबार आयोजित अन्तर्क्रियामा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको अवधारणा पत्रमा संघीयताविरूद्धको आन्दोलनका बारेमा उल्लेख गरिएको छ । 

‘यो बताउँदा हामीलाई धेरै खुशी लागेको छ कि राष्ट्रिय जनमोर्चाले यही २०८१ सालको चैत्र २४ गतेदेखि ३० गतेसम्म संघीयताका विरुद्ध राजधानी केन्द्रित आन्दोलनको आयोजना गर्दैछ,’ अवधारण पत्रमा भनिएको छ, ‘चैत २४ गते एउटा महान् जनआन्दोलन दिवस हो र त्यसले नेपालमा ३० वर्षदेखि कायम भएको निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समाप्त पारेको थियो ।’ 

अध्यक्ष केसीले संघीयताविरोधी आन्दोलनले सङ्घीयतालाई खारेज गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

 ‘हामीलाई विश्वास छ, त्यही ऐतिहासिक दिनबाट सुरु हुने संघीयताविरोधी आन्दोलनले पनि विभिन्न साम्राज्यवादी शक्तिहरूको दबाबमा नेपालमा कायम गरिएको तथा देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र विकास समेतका विरुद्ध कायम भएको सङ्घीयतालाई खारेज गर्न महत्त्वपूर्ण योगदान दिने छ ।’

संघीयताविरुद्धको आन्दोलन कुनै दल विशेषको कार्यक्रमभन्दा पनि देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएकोमा जोड दिँदै केसीले आन्दोलन सफल बनाउन आम नागरिकसँग अपिल गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ३८ बजे

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने बर्का अट्वारी पर्वका

करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय

चितवन– आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि

जहिल्यै बाजुरालाई बजेटमा विभेद, प्रदेश सरकारसँग एमाले आक्रोशित  

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२ को बजेटमा विभेद

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं– नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।