एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी | Khabarhub Khabarhub

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।

प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शंकर पोखरेलले वरिष्ठ उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गयराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् ।

 डा अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनेछन् ।   

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ५४ बजे

डा. हरिदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार हुमागाईंलाई

काठमाडौं– नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने बर्का अट्वारी पर्वका

करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय

चितवन– आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि

जहिल्यै बाजुरालाई बजेटमा विभेद, प्रदेश सरकारसँग एमाले आक्रोशित  

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२ को बजेटमा विभेद

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका