घरेलु फुटबलबाट पनि सन्यास लिइन् अनुले « Khabarhub

घरेलु फुटबलबाट पनि सन्यास लिइन् अनुले


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छन् ।

विभागीय टोली एपीएफबाट खेल्दै आएकी अनुले बुधबार घरेलु फुटबलबाट पनि सन्यास लिएको घोषणा गरेकी हुन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपीएफ नेपालले पुलिस क्लबलाई पराजित गरेको थियो ।

खेल सकिनेबित्तिकै अनुलाई एपीएफका खेलाडीले गार्ड अफ द अनरबाट सम्मान गर्दै बिदाइ गरे ।

अनुले अब घरेलु फुटबलको पनि यात्रा टुंगिएको बताइन् । उनले अब आफ्नो बाँकी जीवन फुटबल कोचका रुपमा बिताउने जानकारी दिइन् ।

करिब २१ वर्ष फुटबल खेलेको बताउँदै उनले अब नयाँ खेलाडीहरूका लागि ठाँउ छाडेको पनि उनले बताइन् ।

अनुले महिला फुटबलको थप विकास गर्न धेरैभन्दा धेरै घरेलु प्रतियोगिता चाहिएको पनि बताइन् । सन् २०१९ मा अनुले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै