प्रयागराज महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो | Khabarhub Khabarhub

प्रयागराज महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ९० जनामध्ये ३० जनाको ज्यान गएको हो ।

आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको हो । उत्तर प्रदेश सरकारले भागदौडमा ज्यान गुमाउनेको सूची सार्वजनिक गरेको हो।

महाकुम्भ मेला क्षेत्रका डीआईजी वैभव कृष्णले पत्रकार सम्मेलन गरेर मृत्यु हुनेको संख्या ३० पुगेको बताएका छन् ।

उनका अनुसार भागदौडका क्रममा घाइतेमध्ये ९० जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमा ३० जनाको ज्यान गएको निश्चित भएको छ । अहिलेसम्म यीमध्ये २५ जनाको सनाखत भइसकेको छ।

जसमध्ये कर्नाटकका चार, गुजरातका एक श्रद्धालुको मृत्यु भएको पुष्टि भइसकेको छ। ६० जना घाइतेको उपचार भइरहेको छ। गंगा नदीमा लगाइएको बार भाँच्चिएपछि भागदौड भएको थियो ।

पुलिसका अनुसार अहिले अवस्था सामान्य छ । भीड व्यवस्थित गर्ने हरसम्भव कोशिश भएको छ। सर्वसाधारणलाई स्नानका लागि कयौँ घाटको व्यवस्था गरिएको छ ।

अहिलेसम्म ५.७१ करोडभन्दा धेरै मानिसले त्रिवेणीमा डुबुल्की लगाइसकेका छन् । उत्तर प्रदेश सूचना विभागका अनुसार अहिलेसम्म ५.७१ करोडले त्रिवेणीमा मात्रै डुबुल्की लगाइसकेका छन् । २८ जनवरीसम्म जम्मा १९ करोड ९४ लाख मानिसले डुबुल्की मारिसकेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : १४ बजे

प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्”

काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति