एटलान्टा र बार्सिलोनाको खेल बराबरीमा सकियो | Khabarhub Khabarhub

एटलान्टा र बार्सिलोनाको खेल बराबरीमा सकियो


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको पहिलो चरणको अन्तिम खेलमा बार्सिलोना र एटलान्टाको २-२ गोलको बराबरी भएको छ।

गोलरहित बराबरीमा पहिलो हाफ सकिएको सो खेलमा दोस्रो हाफ सुरु हुने बित्तिकै राफिन्हाको क्रसमा गोल गर्दै लामिन यमालले बार्सिलोनालाई अग्रता दिलाएका थिए। ६७ औँ मिनेटमा एडरसनले एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए।

खेलको ७२ औँ मिनेटमा रोनाल्ड अराउजोले बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाए। मारियो पासालिकले गोल गर्दै एटलान्टालाई फेरि बराबरीमा फर्काएका हुन्। यो बराबरीसँगै दुवै टिमले अंक बाँडेका छन्।

यो खेलसँगै बार्सिलोना दोस्रो स्थानमा रहँदै सिधै दोस्रो चरणमा प्रवेश गरेको छ भने एटलान्टा बराबरीपछि नवौँ स्थानमा झर्दै प्ले अफ खेल्ने भएको छ। प्ले अफमा एटलान्टाले स्पोर्टिङ या ब्रुग मध्य एकसँग खेल्ने छ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : ३९ बजे

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

सुर्खेत– कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् ।

मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको साधारणसभा भदौ २० गते 

काठमाडौं– मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ