फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल | Khabarhub Khabarhub

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे – इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ। माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो।

दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए। उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिएका हुन्।

‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ। त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो’, दहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, जमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ। विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन्। त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ।’

उनले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए।

‘सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए। पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो। उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ’, दहालले भने।

धूपीको तेल प्रतिकिलोग्राम दुई हजार ५००, तीतेपातीको तेल प्रतिकिलो छ हजार, मेन्थाको तेल प्रतिकिलो सात हजार र धसिंगरेको तेल प्रतिकिलो सात हजारमा बिक्री हुने गरेको छ।

दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन्। उनले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गर्दै आएका छन्।

गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताए।

यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ७ : ०१ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको