बैठकमा ३ मिनेट ढिला पुग्दा मन्त्रीले मागे माफी « Khabarhub

बैठकमा ३ मिनेट ढिला पुग्दा मन्त्रीले मागे माफी


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसदीय बैठकमा तीन मिनेट ढिला पुगेपछि जापानका ओलम्पिक मन्त्रीले माफी माग्न बाध्य भएका छन् । जापानको ओलम्पिक मन्त्री योशिताका साकुरादा बिहीबारको संसदीय बैठकमा तीन मिनेट ढिला पुग्दा सार्वजनिकरुपमा माफी मागेका हुन् ।

यता जापानका विपक्षी नेताहरुले भने उनी बैठकमा ढिला आएर ओलम्पिक मन्त्रालयको बेइज्जत गरेको भन्दै उनको राजीनामा माग गरेका छन् । उनी ढिला आएको बदलामा विपक्षी दलका सांसद्हरुले संसद्को बजेट समितिको बैठक बहिष्कार गरेका थिए ।

गत साता उनले ओलम्पियन रिकाको इकीलाई रगतको क्यान्सर भएपछि उनीबाट स्वर्ण पदकको आशा सकिएको जनाएका थिए । उनले मानवतालाई भन्दा पनि स्वर्ण पदकलाई महत्व दिएको भन्दै त्यसबेला पनि विपक्षीले उनको आलोचना गरेका थिए । त्यसअघि साइबर सुरक्षा मन्त्री समेत रहेका उनले गत वर्ष आफूले हालसम्म कम्प्युटर नचलाएको बताएपछि पनि उनी चर्चित बनेका थिए ।

जापानको राजधानी टोकियोले सन् २०२० मा ओलम्पिक खेलकुदको आयोजना गर्दैछ । त्यसैका लागि उनलाई गत अक्टोबरमा ओलम्पिक मन्त्री नियुक्त गरिएको थियो । जापानमा समयलाई अति नै महत्व दिने गरिन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १२ : २९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु