हमासले आज ८ बन्दी रिहा गर्ने, तीन इजरायली र पाँच थाई नागरिक « Khabarhub

हमासले आज ८ बन्दी रिहा गर्ने, तीन इजरायली र पाँच थाई नागरिक


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासले आज ८ जना बन्दीलाई रिहा गर्ने भएको छ । हमासले गाजाबाट ३ इजरायली र ५ थाई नागरिक गरी ८ जनालाई रिहा गर्न लागेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

कतार र इजिप्टको मध्यस्थतामा सार्वजनिक गरिएको नामावली अनुसार २९ वर्षीय अर्बेल यहुत, १९ वर्षीय अगम बर्गर र ८० वर्षीय गाडी मासेस इजरायली नागरिक छन् । थाई नागरिकको नाम भने खुलाइएको छैन । 

इजरायलले पनि आजै हमासका ११० जनालाई छाड्ने जनाइएको छ । जसमा आजीवन काराबासको सजाय भोगेका ३२ जना छन् । यसैगरी ३० जना बालबालिका छन् ।

पहिलो चरणको युद्ध विराममा हमासले ३३ बन्दी छाड्ने तथा इजरायलले जेलबाट दुई हजार जनालाई छाड्ने सहमति भएको छ । बन्दी बनाइएका मध्ये ८ जनाको मृत्यु भइसकेको पनि हमासले जनाइएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ११ : ०३ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६