कांग्रेस महामन्त्री थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा « Khabarhub

कांग्रेस महामन्त्री थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा गएका छन् ।

उनी बिहीबार बिहान हेलिकप्टरमार्फत सुदूरपश्चिमका पहाडी जिल्लामा अवस्थित धार्मिक पीठहरूको भ्रमणमा गएका हुन् ।

नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष योगेन्द्र रावलका अनुसार महामन्त्री थापा सवार हेलिकप्टर बिहान उग्रतारा मन्दिर नजिकै अवतरण भएको थियो । उनले थापासहितको टोली उग्रतारा मन्दिरको दर्शन गरेर बैतडीतर्फ उडेको जानकारी दिए ।

‘कांग्रेस महामन्त्री गगन थापा उग्रतारा मन्दिरको दर्शनमा आउनुभएको डडेल्धुरा प्रहरीले भन्यो,’ अध्यक्ष रावलले भने,‘प्रहरीले नै उहाँ सवार हेलिकप्टर डडेल्धुरा उडेको जानकारी दियो । मैले बैतडी कांग्रेसका सभापति चतुरबहादुर चन्दलाई यसबारेमा बुझ्न खोज्दा उहाँले जानकारी नभएको बताउनुभयो ।’

महामन्त्री थापा श्रीमती डा. अन्जना केसीका साथ सुदूरपश्चिम पुगेका हुन् । थापा निकट कैलाली अत्तरियाका कांग्रेस नेता लोकराज पाण्डेय ‘आगो’ले फेसबुकमा महामन्त्री थापासहितको तस्बिर राख्दै सुदूरपश्चिमका धार्मिक पीठहरू उग्रतारा, त्रिपुरा सुन्दरी, उदयदेव, बडिमालिका, खप्तड लगायतको यात्रामा सफलताका कामना गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ११ : १८ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान