१८ गतेबाट संविधान संशोधनको बहस सुरु हुन्छ : उपसभापति गुरुङ « Khabarhub

१८ गतेबाट संविधान संशोधनको बहस सुरु हुन्छ : उपसभापति गुरुङ


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रूपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताएका छन् ।

नेपाली काङ्ग्रेस स्याङ्जाको आयोजना र नेपाली काङ्ग्रेस भिरकोट नगर कार्यसमितिको व्यवस्थापनमा भिरकोट नगरपालिका ३ मा रहेको भिरकोट सिटिहलमा सम्पन्न नेपाली काङ्ग्रेस स्याङ्जाको एक सय दिने अभियानको समापन कार्यक्रममा बोल्दै पूर्व मन्त्री गुरुङले सबैको अपनत्व हुनेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका हुन ।

उनले भने, ‘यहीँ हिउँदे अधिवेशनबाट संविधान संशोधनको प्रक्रिया सुरु हुन्छ।’

काङ्ग्रेस, एमाले, माओवादी, रास्वापा, राप्रपा, समाजवादी, मधेसवादी सबैको बीचमा सर्वदलीय समिति बनाएर प्रक्रिया अगाडि बढ्ने बताउँदै उनले संविधान संशोधन आजको आवश्यकता भएको हुँदा सबैको सहमतिमै संशोधनको प्रक्रिया अगाडि बढ्ने धारणा राखेका छन् । देशमा देखा परेका आर्थिक, संवैधानिक जटिलता अन्त्य गर्न दुई पाटीको संयुक्त सरकार बनेको प्रसङ्ग जोड्दै यी दुई पाटीलाई देशको समस्या समाधान नगर्ने छुट नभएको समेत धारणा राखेका छन् ।

रिऋ लिएर घ्यू खान नहुने प्रसङ्ग जोड्दै उनले सधैँ विदेशमा निर्भर हुने अर्थतन्त्र अन्त्य गर्नुपर्नेमा जोड दिए । विदेशबाट ल्याएको समानमा लगाउने करबाट उठेको रकमले देशमा सोचेजस्तो विकास गर्न नसकिने भन्दै देशकै आन्तरिक अर्थतन्त्र बलियो बनाउन पनि यति बेला सबै राजनैतिक दल एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले काङ्ग्रेस भित्रको एकता स्याङ्जाबाट सुरु गरिएको उद्घोष गरे । 

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  २ : १५ बजे

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)