नेपालमा चार सय ५० दृष्टिविहीन शिक्षण पेशामा « Khabarhub

नेपालमा चार सय ५० दृष्टिविहीन शिक्षण पेशामा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हाल चार सय ५० जना दृष्टिविहीन शिक्षण पेशामा आबद्ध रहेको एक तथ्यांकले देखाएको छ ।

एमजीपी नेक्स्टजेन नामक संस्थाका अनुसार ४२ जना दृष्टिविहीन सरकारी सेवामा छन् भने एक सयभन्दा बढी विभिन्न क्षेत्रमा कार्यरत छन् ।

दृष्टिविहीनहरुका क्षमता प्रस्फुटन गराउने उद्देश्यले राजधानीमा आयोजित एक कार्यक्रममा शिक्षा र अवसर पाएको खण्डमा उनीहरु पनि आत्मनिर्भर बन्न सक्ने भन्दै शिक्षाको सहज पहुँचमा सबैले जोड दिए ।

नेपालमा हाल ९४ हजारभन्दा बढी व्यक्तिहरु दृष्टिविहीन भएपनि उनीहरु गरिबी, शिक्षा, रोजगार अभावका कारण पछाडी पर्दै आएका छन् ।कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत दृष्टिविहीनहरुले आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

दृष्टिविहीनहरुले पनि शिक्षा र अवसर पाए भने आत्मनिर्भर हुन सक्छन् भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरेको ‘सेन्सिङ द वन्डरफुल वल्र्ड यु सि’ की संरक्षक साराह गिरीले बताइन् ।

सहभागीहरुले दृष्टिविहीनलाई ब्रेललिपीको माध्यमबाट शिक्षा दिएर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र उद्योगी विनोद चौधरीलगायतका विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : ०१ बजे

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको