सूचना प्रविधिमार्फत अर्थतन्त्र वृद्धि गरिनेछ : मन्त्री गुरुङ « Khabarhub

सूचना प्रविधिमार्फत अर्थतन्त्र वृद्धि गरिनेछ : मन्त्री गुरुङ


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आज भृकुटिमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै  सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिए । 

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कमजोर रहेकामा वर्तमान सरकारको प्रयासले सुधार भएको बताए। 

उनले भने, ‘हामी नीतिगत र पूर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ ।’ उनका अनुसार यसै वर्षभित्र नेशनल पार्क, आइटी पार्कलगायतका आइटी क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ ।

सरकारले ल्याएको अध्यादेशले व्यवसायीमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । उनले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको जानकारी दिए। 

मन्त्री गुरुङले डिजिटल नेपाल अभियानलाई जोड दिई अर्थतन्त्रमा पाँच प्रतिशत योगदान पुर्‍याउने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे । उनले नेपालमा आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्न सकिने आधार सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको बताए।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ३ : ४१ बजे

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)