मधेश केन्द्रित दलहरूको बैठक सिंहदरबारमा « Khabarhub

मधेश केन्द्रित दलहरूको बैठक सिंहदरबारमा


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ । मोर्चा गठन गर्ने उद्देश्यका साथ विभिन्न ८ दलको बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा सुरु भएको हो । 

बैठकमा जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा), नेपाल, जनमत पार्टी,  नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सहभागी छन् । 

बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, रामकुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी सहभागी छन् । 

यस्तै लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट  हृदयेश त्रिपाठी, शिवजप् यादव र सब्बिर हुसैन तथा तमलोपाबाट– वृषेशचन्द्र लाल र विजय सिंहको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ३ : ४३ बजे

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६