अग्नि सापकोटाको निष्कर्ष- ओली नेतृत्वको सरकार असफल भइसक्यो « Khabarhub

अग्नि सापकोटाको निष्कर्ष- ओली नेतृत्वको सरकार असफल भइसक्यो


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले देशका समस्या समाधान गर्न र जनजीविकाबारे सरकार पूरै असफल भइसकेको बताएका हुन् ।

उनले दुईतिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण ढंगले अध्यादेश ल्याएको आरोप लगाए । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उनले बताए ।

सापकोटाले संसद् ढिलो बोलाउने र विधेयकलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकारले अत्तालिएको देखिएको जिकिर गरे ।

विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको उनले बताए ।

सापकोटाले पार्टीलाई एकतावद्ध बनाएर राष्ट्रिय दृष्टिकोणका साथ अघि बढे कसैले माओवादीलाई सिद्धाउन नसक्ने धारणा राखे ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : १० बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले