संविधान संशोधनका लागि २०८७ कुर्नु हुँदैन : शेखर कोइराला « Khabarhub

संविधान संशोधनका लागि २०८७ कुर्नु हुँदैन : शेखर कोइराला


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजना गरिएको संविधान संशोधन आवश्यकता र चुनौती विषयक अन्तरक्रियामा बोल्दै उनले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने भन्दै संशोधनका लागि सबैलाई विश्वासमा लिन सुझाव दिए ।

उनले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नै पर्ने अवस्था रहेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नहुने बताए । उनले संविधान संशोधन गर्दा सबै राजनैतिक दलहरूबीच सहमति र समझदारी आवश्यक रहेको बताए । कोइरालाले २०७२ सालमा संविधान निर्माण गर्दा ताका जनताहरूबाट लिइएका सुझावलाई आधार बनाएर संविधान संशोधन गर्नुपर्ने सुझाव दिए ।  

कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । 

न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषद्मा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : २० बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र