विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ | Khabarhub Khabarhub

विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकामा बुधबार राति भएको विमान दुर्घटनामा कोही पनि जीवित हुने सम्भावना न्यून भएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकाको वासिङ्टन डिसीमा स्थानीय समयअनुसार बुधबार राति यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्करपछि दुर्घटना भएको थियो। यसअघि जीवितहरूको उद्धारमा लागेका उद्धारकर्मीहरूले अब शवहरू निकाल्नमा केन्द्रित भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले बताएको हो ।

बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो। अहिले नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।

उक्त विमानले रेगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो । विमानमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । सैन्य हेलिकप्टरमा ३ जना सैनिक सवार रहेका थिए । हालसम्म विमानबाट २७ जनाको शव बरामद भएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ९ : ०६ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न