बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ « Khabarhub

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार नै सरकारले यस पर्वलाई थप सहजीकरण गनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले यस पर्वलाई थप व्यवस्थित रुपमा मनाउन सरकारकोतर्फबाट सार्थक पहल हुनुपर्ने बताए।

“ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार एकदिने सरकारी बिदा पर्याप्त छैन”, मुख्यमन्त्री लामाले भने, “ल्होछार टुँडिखेललमा महोत्सव गरेर मनाइने पर्व मात्र पनि होइन । जबसम्म प्रत्येक तामाङको घरघरमा ल्होछारको विधिअनुसार ल्होछार पर्व मनाउने कार्य हुँदैन । तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको कुरा हुन सक्दैन ।”

उनले ल्होछारलाई सार्वजनिक महत्व र कार्यक्रमभन्दा पनि घरभित्रको पर्वका रुपमा स्थापित गर्न समस्त तामाङ समुदायलाई आह्वान गरे ।

मञ्जुश्री संवत् २८६१ ‘सोनाम ल्होछार भव्य रुपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मुख्यमन्त्री तामाङले बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषालाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्नका लागि बजेटकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ११ : ०० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट