लागूऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते | Khabarhub Khabarhub

लागूऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ ।

बिहीबार राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

लोनियाले बिक्रीवितरणका लागि लागूऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो ।

प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सो स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताए।

लागूऔषध किनबेचमा संलग्न रहेको अर्का एक जना व्यक्ति फरार भएका छन् । प्रहरीले ती व्यक्तिको पनि खोजिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ३६ बजे

सेयर होल्डरबाट ‘आजित’ भएका भण्डारीले सम्झिए प्रधानमन्त्रीलाई

काठमाडौं – रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक तथा निर्माता विशाल

बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध

मुस्ताङ– अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडकमार्ग आज

वैद्यलाई भेट्न टोखा पुगे प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिष्ट पार्टी

खडेरीले सुकायो कलधारा

सिरहा– लहान नगरपालिका-१ र २ मा पर्ने मटियर्वा र मिलन चोक

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

सियोल- दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको