‘दुर्घटनाका समाचार पढ्दा आङ सिरिङ्ग भयो, सिद्धबाबामा अब यात्रा सुरक्षित’ « Khabarhub

संसद्मा ओली

‘दुर्घटनाका समाचार पढ्दा आङ सिरिङ्ग भयो, सिद्धबाबामा अब यात्रा सुरक्षित’

थालेका काम सम्पन्न गरिरहेको दाबी


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्‌को पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन्‌ ।

सबै खाले सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरूको वेदनाले आफू केही भावुक बनेको, तर दिनदिनै यस्तो खबर सुन्न अभिसप्त रहेको ओलीले बताएका हुन्‌ ।

‘पछिल्लो ९ वर्षमा बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भयो । धेरैको ज्यान गयो । यस्तो समाचार पढेँ’, ओलीले भने, ‘त्यो समाचार हेर्दाहेर्दै मेरो आङ सिरिङ्ग भयो । मैले सङ्कल्प गरेँ – अब हामीले यस स्थितिलाई बदल्नुपर्नेछ । त्यसका लागि काम गर्नुपर्नेछ । यस्ता वेदनामय खबरहरूबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु ।’

यसपटक संसद्‌को हिउँदे (विधेयक) अधिवेशन सुरु हुनुभन्दा एक साताअघि सिद्धबाबा सुरुङमार्ग ब्रेकथ्रु भएको ओलीले उल्लेख गरे । अब केही समयभित्र सरकारले यो सुरुङमार्गलाई सञ्चालनमा ल्याउने उनले दाबी गरे ।

सुरुङमार्ग सञ्चालनमा आएपछि पाल्पा,स्याङ्जा, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्ने र यही सडक कालीगण्डकी करिडोरसँग पनि जोडिने ओलीले जनाए । सडक जोडिएपछि त्यहाँका जनताको जीवनमा ठूलो परिवर्तन आउने ओलीले दाबी गरे ।

‘थालेको काम सक्दैछौँ’

ओलीले आफू प्रधानमन्त्री भएपछि संसद्बाट विश्वासको मत लिने क्रममा यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने भनेको बताए ।

‘थालेका कामहरुलाई हामीले कहाँ पुर्‍याउँदै छौं ? यस विषयमा मैले आज यस सम्मानित सदनलाई जानकारी गराउनु पर्दछ’, ओलीले भने ।

उनले काठमाडौं–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धोद्रे सुरुङ तथा चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघिमात्रै ब्रेक–थ्रु भएको जानकारी गराए ।

ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र रहेकोमा अहिले काम द्रूत गतिमा अघि बढिरहेको ओलीले दाबी गरे ।

‘यो सरकार आउँदा धुलो उडिरहेको मुग्लिङ–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ’, ओलीले भने, ‘विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन; ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं ।’

खेल युवाहरूको जीवनशैली बनेकाले यसपटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको, त्यसका लागि टेण्डर आह्वान भएको र तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको ओलीले बताए ।

सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको र देशकै दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला युवाको भविष्यका लागि सुखद् सन्देश भएको ओलीले तर्क गरे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : ०२ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा