ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा मधेश केन्द्रित दलको ऐक्यबद्धता « Khabarhub

ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा मधेश केन्द्रित दलको ऐक्यबद्धता


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । 

मोर्चाका सदस्यहरूले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मुक्कुमलुङ घटनामा उपचारार्थ घाइतेहरूसँग भेटवार्ता गर्दै आन्दोलनका ऐक्यबद्धता जनाएका हुन् ।

संस्कृति पहिचान र भूमिका लागि आन्दोलन गरिरहेकामाथि सरकारले निर्मम तरीकाले दमन गरेको भन्दै आठ दलीय मोर्चाका नेता राजकिशोर यादवले आपत्ति जनाए ।

आफ्नो भूमिको रक्षा गर्नका लागि आन्दोलन गरिरहेका नागरिकमाथि राज्यले दमनकारी र बर्बरता देखाएर गोली चलाएर ज्यान लिन खोजेको उनले बताए । 

तीनै जना घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको उनले बताए । मोर्चाका सदस्य केशव झाले नो केबलकारको पक्षमा आन्दोलन गरिरहेका समूहमाथि सरकारले ज्यादती गरेको बताए  ।

मोर्चाले मुक्कुमलुङ घटनाको मोर्चाले घोर भर्त्सना गर्ने निर्णय गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : १३ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५