‘पार्टी फुटाउने र भत्काउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’ | Khabarhub Khabarhub

‘पार्टी फुटाउने र भत्काउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको मेन्युमा कुनै पनि दल टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुरा समावेश नभएको बताएका छन्।

नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला चलेपछि ओलीले प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा यस्तो बताएका हुन् ।

उनले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारको मेन्युमा दल विभाजन गर्ने मेन्यु नभएको बताएका हुन् ।

‘ढुक्क हुनुहोस, कांग्रेस र एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन’, उनले भने, ‘सरकारका प्राथमिकताबारेमा मैले भनिसकेको छु, दोहोर्‍याउनु पर्दैन ।’

एकीकृत समाजवादीसहित विपक्षी दलका नेताहरूले सरकार ढल्छ, ढल्नै लाग्यो भनेर व्यर्थै समय खेर फालेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : २१ बजे

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र

गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ  : एनपी साउद

कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका