भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला « Khabarhub

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका छन् ।

नगरपालिकाको वडा नम्बर १८ को कार्यालय नजिकै मामाभान्जा चोकमा आज बिहान कलौनी घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् ।

हिजो साँझ धनगढी जाने भनेर घरबाट निस्किएका कलौनी आज बिहान मृत भेटिएका हुन् । उनको शरीरमा बाहिरबाट देखिने कुनै चोटपटक नरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान सुरु गरेको छ ।

कलौनी नेविसंघ हुँदै पार्टी राजनीतिमा लागेको थिए । उनी नैनसिंह महर नेतृत्वको नेविसंघ केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री थिए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ११ : ४७ बजे

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा