डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन « Khabarhub

डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन वर्ष अघि निर्माण कार्य सम्पन्न भएको डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ पहाडामा रहेको उक्त विमानस्थलको कालोपत्रे लगायत पूर्वाधार निर्माणको काम २०७८ सालमै सकिए पनि अझै सञ्चालनमा आउन सकेको छैन । मसिनेचौर विमानस्थल २०५१ सालमा शिलान्यास भएर ०५२ साल देखि निर्माण सुरु भएको थियो ।

जहाज चढ्ने आसामा रोपनी जग्गा विमानस्थललाई दिएका पहाडाबासीले २९ वर्ष पर्खँदा पनि जहाज देख्न अझै पाएका छैनन् । तत्कालीन जिल्ला विकास समितिका सभापति स्वर्गीय ओमबहादुर बुढाले शिलान्यास गरेको उक्त विमानस्थल निर्माणका लागि हालसम्म राज्यको २८ करोड ६० लाख खर्च भइसकेको छ । 

विमानस्थल सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम भइसकेकाले जतिसक्दो छिटो परीक्षण उडान स्थानीयको माग छ ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यमन्त्री सुदन किराँतीले दुई पटक परीक्षण उडानको मिति तोके पनि उडान नभएको डोल्पालीको गुनासो छ । निर्माण पुरा भएको लामोसमय बितिसक्दा पनि जहाज नआए पछि राज्यको करोडौँ लगानी भएको मसिनेचौर बिमानस्थलका भौतिक संरचना जीर्ण बन्न थालेका छन् । 

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ५ : २९ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६